Indrenionline.com

एमाले तुलसीपुरको नगर भेला सम्पन्न

इन्द्रणी संवाददाता 

असार, ९ दाङ । नेकपा एमाले तुलसीपुर नगरको नगर भेला आज सम्पन्न भएको छ । भेलामा सहभागि एमालेका नेता तथा कार्यकर्ताले केही ब्यक्ति पार्टी को बिधी र बिधान बिपरित हिडेर पार्टी लाइ कमजोर पार्न खोजेको भन्दै पाटीलाई बलियो बनाउन अब दङगाली एमालेका नेता कार्यकर्ता एक भएर लाग्नु पर्नेमा जोड दिएका छन् ।

एमाले तुलसीपुर नगर कमिटीका अध्यक्ष केशव सापकोटाको अध्यक्षता,नेकपा एमाले केन्द्रिय सदस्य एब राप्ती अञ्चल इन्चार्ज खेमाङ खड्का को प्रमुख आतिथ्य तथा नेकपा एमालेका केन्द्रिय सल्लाहकार कमिटी सदस्य शोभाराम बस्नेत र एमाले दाङ का पुर्ब प्रमुख पुर्ब मेयर अमर डागी को बिशिस्ट आतिथ्यतामा भएको भेलामा बोल्ने बक्ताहरुले एमाले दाङका नेताहरुले बिधी बिधान संगत पार्टीलाइ सन्चालन नगरेको, केन्द्रिय सर्कुलर कार्यन्वयन नगरेको,पार्टी भित्र गलत गतिविधि सन्चालन गरि पार्टी कमजोर बनाउने अभियानमा लागेको भन्दै नेताहरुलाइ खबरदारी गर्नु पर्ने समेत बतएका छन ।

कमल केसि को स्वागत मन्तव्य बाट शुरु भएको भेलामा नेकपा एमाले दाङका कार्यबाहक अध्यक्ष हुकुम बस्नेत, नेकपा एमाले जिल्ला सल्लाहकार सदस्य राममनी नेपाली,एमाले दाङका सचिबालय सदस्य एब क्षेत्र न ५ का इन्चार्ज उत्तर ओलि, सचिबालय सदस्य एब क्षेत्र न ४ का इन्चार्ज मनोहर बुढाथोकी, सचिबालय सदस्य श्याम आचार्य, जिल्ला कमिटी सदस्य पदम नेपाली, समाजसेवी नबराज लामिछाने, नेकपा एमाले क्षेत्र न ४ का अध्यक्ष लक्षण शर्मा, नेकपा एमाले क्षेत्र न ५ का सचिब भिम योगि, जिल्ला कमिटी सदस्य अमित शर्मा, शुरेस रावत, मनोज लामिछाने, शुसिल न्यौपाने, टेक बहादुर केसि, क्षेत्रीय सदस्य लेखत पौडेल लगाएतले भेलामा आफ्नो भनाइ राख्नु भएको थियो ।।