असार, ९ सल्यान । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतीष्ठान सल्यान शाखाको तेश्रो जिल्ला अधिवेशनले फेरि पनि यम थापालाइ अध्यक्षमा चयन गरेको छ । आज विहिबार कपुरकोटमा सम्पन्न सल्यान शाखको अधिवेशनले १३ सदस्यीय जिल्ला कार्यसमिती पुनःगठन गरेको हो । जसको प्रथम उपाध्यक्षमा गिता खड्का, द्धितीय उपाध्यक्षमा चोप बहादुर विक र सचिवमा फेरि पनि शँकर केसीलाइ चयन गरिएको प्रतिष्ठानले जनाएको छ । यस्तै अधिवेशनबाट कोषाध्यक्षमा डिल्ली थापा, सह कोषाध्यक्षमा भुपाल बुढा, सह सचिवमा हिमा वोहोरालाइ चयन गरिएको छ भने अन्य सदस्यमा रहेका छन् ।
उनीहरुले मुलुकको राष्ट्रिय पहिचानलाइ अभिव्यक्त गर्ने लोक संस्कृतीको धरोहरको रुपमा रहेको लोक तथा दोहोरी गितलाइ व्यवस्थीत एवम् मर्यादित बनाउनुपर्नेमा जोड दिए । यसैविच नवगठीत लोक तथा दोहोरी गित प्रतीष्ठान सल्यान शाखाको बैठक यहि असार १२ गते कपुरकोटमा बस्ने निर्णय भएको सचिव शँकर केसीले जनाएका छन् ।।