इन्द्रेणी संवाददाता
काठमाडौं, २६ माघ । एकता प्रक्रिया अपेक्षित रूपमा अगाडि बढ्न नसकेको गुनासो बढिरहँदा एमाले–माओवादी केन्द्रले पार्टी एकतासम्बन्धमा अहिलेसम्म भएका कार्यप्रगति समीक्षा गर्दै थप रोडम्याप तयार पार्ने भएका छन्। त्यसका लागि आज शुक्रवार दुई पार्टीका अध्यक्षले एकता संयोजन समितिको बैठक बोलाएका छन् ।
ओलीका प्रेस संयोजक चेतन अधिकारीले छलफल सकारात्मक रहेकाले एकता समिति बैठकमा थप छलफल हुने बताए। ‘एकता संयोजन समितिको बैठक सम्भवतः शुक्रबार बस्छ, समय तोकिएको छैन। समय मिलाएर बैठक बस्छ’, उनले भने, ‘कुराकानी सकारात्मक छ।’