Indrenionline.com

प्रदेश नं ६ को मुख्यमन्त्री महेन्द्रबहादुर शाही पक्का

सुर्खेत । नेकपा माओवादी केन्द्रले ६ नं प्रदेशको संसदीय दलको नेतामा पूर्वउर्जामन्त्री महेन्द्रवहादुर शाहीलाई चयन गेरको छ । सुर्खेतमा बसेको संसदीय दलको बैठकले शाहीलाई सर्वसम्मतबाट दलको नेतामा चयन गरेको माओवादी केन्द्र ६ नम्वर प्रदेश ईन्चार्ज शक्तिवहादुर वस्नेतले जानकारी दिए ।

एमाले र माओवादी केन्द्रबीच भएको सहमति अनुसार ६ नम्बर प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रले पाउने भएको थियो । अव संसदीय दलको नेता नै मुख्य मन्त्री वन्ने भएपछि शाही ६ नं प्रदेशकोमुख्यमन्त्री वन्ने छन् ।दलको वैठकले शाही संसदीय दलको नेता वन्ने भनी निर्णय समेत गरेको छ ।

शाहीसंगै मुख्यमन्त्रीमा माओवादीका पोलिटव्युरो सदस्य नरेश भण्डारी (जुम्ला) को पनि दावी थियो । भण्डारीलाई उचित स्थान दिने सहमती समेत सांसदीय दलले गरेको छ बताइएको छ । तर त्यस्तो उचित पद के हो भन्ने खुलाइएको छैन ।