Indrenionline.com

के भयो ओली र प्रचण्डबीच एक घण्टे ‘वान टु वान’ वार्तामा ?

इन्द्रेणी संवाददाता
काठमाडौं, २५ माघ । पार्टी एकताको प्रक्रियालाई औपचारिक रुपमा अगाडि बढाउन नसकेको भन्दै आलोचना भइरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एक घन्टाबढी ‘वान टु वान’ वार्ता भएको छ।

भावी प्रधानमन्त्रीका रुपमा चर्चामा रहेका एमाले अध्यक्ष ओली र प्रचण्डबीच ललितपुरको मानभवनको एक घरमा करिब सवा घन्टा ‘वान टु वान’ वार्ता भएको हो।

भेटवार्तामा पार्टी एकता, नयाँ सरकार गठन र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको प्रचण्डको सचिवालय स्रोतले जानकारी दिएको छ । पेरिसडाँडाबाट निवास तर्फ फर्किर्दै गर्दा ओली र प्रचण्डबीच भेटवार्ता तय भएको थियो।

दुवै नेताले सहयोगीसमेत नलगी मानभवको एक घरमा भेटवार्ता गरेका हुन्। प्रचण्ड र ओलीको यो भेटवार्तालाई महत्वका साथ हेरिएको छ।
दुई पार्टी एकताका लागिबनेको संयोजन समितिले एकताका विषयमा निर्णय गर्ने जिम्मा ओली र प्रचण्डलाई दिइसकेको छ।