Indrenionline.com

प्रदेश नं. ६ मा शाहीलाई मुख्यमन्त्री बनाउने माओवादीको निर्णय

इन्द्रेणी संवाददाता
जाजरकोट, २४ माघ । माओवादी केन्द्रले प्रदेश नम्बर ६ को मुख्यमन्त्रीको टुङ्गो लगाएको छ । केन्द्रले महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । माओवादी केन्द्रको प्रदेश ६ को शीर्ष नेतृत्वले शाहीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो।

प्रदेश संयोजक मायाप्रसाद शर्माको अध्यक्षतामा मंगलबार बसेको प्रदेशका शीर्ष नेताहरूको बैठकले शाहीलाई मुख्य मन्त्री बनाएने सहमति गरेको हो।

प्रदेश संयोजक शर्मा, प्रदेश इन्चार्ज तथा सचिवालय सदस्य शक्तिबहादुर बस्नेत र पूर्व प्रदेश इन्चार्ज तथा सचिवाल सदस्य जनार्दन शर्मा सहित सुर्खेतमा मंगलबार बसेको अनौपचारिक बैठकले मुख्य मन्त्रीको टुङ्गो लगाएको हो।