इन्द्रेणी संवाददाता
दाङ, २४ माघ । निर्वाचन आयेगको कार्यतालिका अनुसार आज सातवटै प्रदशेमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । प्रदेश नं. ५ को दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा हुँदैछ ।
प्रदेश ५ प्रदेशमा ३ सय ५ जना मतदाता रहेका छन् । निर्वाचन अधिकृत रावलका अनुसार ५ नम्बर प्रदेशमा ८७ जना प्रदेशसभा सदस्य र २ सय १८ जना स्थानीय तहका प्रमुख र उपप्रमुख छन्।
यसैगरी प्रदेश नं १ को विराटनगर, प्रदेश नं ३ को ललितपुरको पाटन, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को डोटीमा निर्वाचन हुदैछ । प्रदशे नं. २ मा भने सबै उम्ेदवारहरु निर्विरोध निर्वाचित भइसकेकाले निर्वाचन हुनेछैन । निर्वाचनको सबै तयारी पूरा भइसकेको सम्बन्धीत प्रमुख निर्वाचन कार्यालयहरुले जनाएका छन् ।