इन्द्रेणी संवाददाता
अर्घाखाँची, २३ माघ । अर्घास्खाँची छत्रदेव गाउँपालिका ६ ठूला पोखराका कृषक कृष्ण पाण्डे एक दशकदेखि कफी व्यवसायमा रमाउँदै आएका छन् । बिहान मिर्मिरेदेखि बेलुका आकाशमा तारा देखिउन्जेल उनी कफीकै स्याहार सुसारमा व्यस्त हुन्छन् ।
उनले उत्पादन गरेको कफी जापान, कोरिया, अमेरिकामा समेत बिक्री हुँदै आएको छ ।
विश्वकै उकृष्ट कफीअन्तर्गत अर्घाखाँचीको कफी रहेको तथ्याङ्कसमेत रहेको छ । केही वर्षअघि मात्र कोरियाका पर्यटकले उहाँको बगानमै आएर कफी किनेका थिए । कोरिया पुगेर आधुनिक कफीको उत्पादनसम्बन्धी पनि ज्ञान लिएका उनले कफी सँगसँगै जैविक बिग्रेट तथा मसला पनि उत्पादन गर्दै आएका छन् ।
उनले गाउँमा उत्पादन भएको सबैको कफी खरिद गर्छन अनि बिक्री गर्नुहुन्छ । गाउँमा उत्पादित ५० क्विन्टल तथा आफूले उत्पादन गरेको पाँच क्विन्टल कफीलाई कफी विन गुल्मीसँग सहकार्य गरेर बाहिर पठाउने गरेको बताए । ‘यो व्यवसाय गर्नमा गाउँ तथा घरपरिवारको राम्रो साथ छ, विदेश जानभन्दा गाउँमै आफ्नै पेसा गरेर बस्दा सन्तुष्ट छु’ पाण्डेले भन्छन् ।