पोखरा, २३ माघ । प्रदेश १ र ४ का प्रदेशसभा सांसदहरूले प्राकृतिक स्रोतको भरपुर प्रयोग गर्ने नीति बनाएर समृद्धि हासिल गर्ने उद्घोष गरेका छन् । सोमबार प्रदेशसभाको पहिलो बैठकबाट सभामुख निर्वाचनको मिति, प्रदेशसभा सञ्चालन कार्यविधि र सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन समितिको कार्यसूची पारित गर्दै उनीहरूले प्राकृतिक स्रोतको प्रयोगमा जोड दिएका हुन् ।
पहिलो बैठकको सुरुमा बोल्दै स्वतन्त्र सांसद नारायणबहादुर मगरले संघीय गणतन्त्रको अभ्यास गरिरहँदा जनताले दिएको जिम्मेवारीलाई पूरा गर्नुपर्ने दायित्वसमेत रहेको बताए । ‘हामीसँग अवसर र चुनौती छन्, ‘उनले भने, ‘भौतिक संरचनाको विकास गर्दै चुनढुंगा, वनजंगल, जलस्रोत तथा पर्यटनको विकासमाजोड दिनुपर्छ ।’
बैठकमा लिम्बुवान राज्यको माग गर्दै आएको संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट सदस्य बनेकी सांसद विष्णु तुम्बाहाम्फेले भने हाल कायम प्रदेशका अतिरिक्त लिम्बुवान र खम्बुवान प्रदेश थप गर्नुपर्ने प्रस्ताव राखिन् । राजधानीबाट