काठमाडौं २२ माघ । नेपाल टेलिकमले जिएमएस प्रिपेड मोबाइलमा ग्राहकलाई ब्यालेन्स सकिँदा सापटी दिने सेवा आरम्भ गरेको छ।
टेलिकमले १४ औं वाषिकोत्सवको अवसरमा ‘नमस्ते क्रेडिट’ नाम दिएर यो सेवा सुरु गरेको हो।
वार्षिकोत्सव अवसरमा ‘सफ्ट लञ्च’ गरिएको यो सेवाको एक महिनाभित्र पूर्ण कान्यन्वयन हुने बताइएको छ। सापटी सेवा कति रकमसम्मको तोक्ने भन्ने निश्चित हुन बाँकी छ।