Indrenionline.com

यसरी पाउँदैछन् फागुन ३ भित्र सबै प्रदेशले सभामुख

इन्द्रेणी संवाददाता
काठमाडौँ, २२ माघ। माघ ३ गतेभित्र सातै प्रदेश सभाले सभामुख पाउने भएका छन् । सो मितिसम्म सबै प्रदेशमा सभामुखको निर्वाचित हुने भएपछि सातै प्रदेशमा सभामुखहरु निर्वाचित हुने छन् । अहिले सभामुख चयन नहुँदासम्म प्रदशे सभाका ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्दै आएका छन् ।

सबैभन्दा पहिलो स्थायी सभामुख प्रदेश ३ ले पाउनेछ । प्रदेश ३ मा माघ २७ गते सभामुख चयन गर्ने मिति तोकिएको छ । प्रदेश १ को प्रदेशसभाले औपचारिक रूपमा सोमबार कार्यतलिका सार्वजनिक गर्ने गरी माघ २९ गतेका लागि सभामुख चयन गर्ने दलीय सहमति जुटाएको छ ।

प्रदेश २ मा फागुन २ मा सभाुमख चयन हुनेछ । तय कार्यतालिका अनुसार प्रदेश २ मा फागुन २ गते, ३ मा माघ २७ गते, प्रदेश ५ मा फाुगन २ गते, प्रदेश ६ र ७ मा माघ २९ गते सभामुख चयन हुनेछन् ।

त्यस्तै प्रदेश नं ४ को प्रदेशसभा सभामुख र उपसभामुखको निर्वाचन आगामी फागुन ३ गते हुने भएको छ । आज बसेको प्रदेशसभाको पहिलो बैठकले फागुन ३ गते दिउँसो १ बजे सभामुख र उपसभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो ।