काठमाडौँ । दुई दिने नेपाल भ्रमणमा रहेही भारतीय विदेश मन्त्री सुष्मा स्वराज भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गरेकी छन् ।
भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संघीय समाजवादी फोरक नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुसँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेकी थिइन ।