इन्द्रेणी संवाददाता
रुकुम, १९ माघ । रुकुम पश्चिमको चौरजहारीमा सुत्केरी हुन अस्पताल गएकी आमा र बच्चाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका–१२ की २८ वर्षीया सुशीला विष्ट र उनको बच्चाको चौरजहारी अस्पतालमा मृत्यु भएको हो ।
विष्टको शरीरमा रगतको अभाव रहेको र बान्ता गरिरहेका कारण उनको उपचारमा समस्या आएको डा राईले बताए । शल्यक्रियाको तयारी गरिरहेकै बेला विष्टको मृत्यु भएको हो ।