Indrenionline.com

देउवाप्रति पार्टीभित्रै असन्तुष्टि चुलिदै, शेखरले मागे राजिनामा

इन्द्रेणी संवाददाता
विराटनगर, १८ माघ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाप्रति कांग्रेसभित्र विवाद चुलिदै छ । कांग्रेस युवा नेता गगण थापाले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको परिमाण आउन साथ नै देउवाको राजीनामा मागेका थिए । आज फेरि कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले समेत प्रधानमन्त्री देउवाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

प्रेस युनियन मोरङले आज विराटनगरस्थित कोइराला निवासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता कोइरालाले कांग्रेसलाई जनताले प्रतिपक्षमा बस्न जनादेश दिएको अवस्थामा प्रधानमन्त्री देउवाले राजिनामा दिनुपर्ने बताएका हुन् ।

उनले सरकारको पछिल्लो निर्णयले कांग्रेसलाई असजिलो बनाएको समेत बताए । ‘लोक कल्याणकारी विचारले वृद्धभत्ता वितरणको आयु घटाइएको भए पनि राज्यले धान्न सक्ने कि नसक्ने विषयमा विचार गरेर घोषणा गर्नुपर्थ्यो’, उनले भने, ‘यस प्रकारको निर्णयबाट कांग्रसलाई नै असजिलो भयो ।’