Indrenionline.com

भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज नेपाल आउँदै

इन्द्रेणी संवाददाता
काठमाडौँ, १८ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज नेपाल आउदैछन् । करिब २५ घण्टे ‘राजनीतिक’ यात्रामा उनी आज बिहीबार काठमाडौं आउने भारतीय परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालय बुधबार मात्रै दुईपक्षीय एजेन्डा र खाका तयार गर्नमा जुटेको थियो । परराष्ट्रमन्त्रीको कार्यभार आफैंले सम्हालेकाले सुष्मासँग दुईपक्षीय वार्ता पनि प्रधानमन्त्री देउवाले नै गर्दैछन् ।