Indrenionline.com

प्रधानन्यायाधीशले नै मार्ने धम्की दिएपछि ..

इन्द्रेणी सम्वाददाता 

काठमाडौं, १७  माघ । प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै एकजना वरिष्ठ अधिवक्ता जिल्ला प्रशासन कार्यालय पुगेका छन् । बुधबार बिहान वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सुरक्षा माग गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । प्रधानन्यायाधीश पराजुलीबाट आफ्नो ज्यानको खतरा रहेको उल्लेख गर्दै भण्डारीले दिएको निवेदनमा सुरक्षाको माग गरिएको छ ।

स्वास्थ्य क्षेत्रको सुधारको लागि आन्दोलनरत डा.गोविन्द केसीले दायर गरेको मुद्दामा वहस पैरवी गरेका कारण प्रतिशो साँधेर प्रधानन्यायाधीश पराजुलीले धम्की दिने गरेको वरिष्ठ अधिवक्ता भण्डारीले आरोप लगाएका छन् । एभरेष्ट दैनिकमा खबर छ ।

वहस गरेकै दिन २६ पुस साँझ ५ः३० बजे फोन गरेर प्रधानन्यायाधीश पराजुलीले ज्यान मार्ने धम्की दिएको उनले निवेदनमा उल्लेख गरेका छन् ।