इन्द्रेणी संवाददाता
माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी दाङको टोली महेन्द्र मावि स्युजामा संगठन विस्तारमा जादा कक्षा कोठाका भित्ताहरुहरुमा अनावश्यक कुराहरु लेखिएका प्रष्ट देख्न सकिन्थ्यो । उक्त विद्यालयमा संगठन विस्तार गर्न लाग्दै गर्दा अखिल क्रान्तिकारी दाङका संयोजक जंग रोकाले विद्यालयको भित्ताहरुमा अनावश्यक कुरा लेखेको देख्दा दुख मान्दै विद्यार्थी एवम शिक्षकहरु संग जिज्ञासा राख्नु भएको थियो ।
सरसफाई कार्यक्रम पछि कार्यक्रम सम्पन्न भएको थियो ।ईकाई अध्यक्ष नवराज घर्तीको अध्यक्षतामा एवम अखिल क्रान्तिकारी दाङका संयोजक जंग रोकाको प्रमुख आतिथ्यता तथा विद्यालयका निमित्त प्रधानाध्यापक खिमानन्द कालाथोकीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमा वोल्दै प्रमुख अतिथी रोकाले रचनात्मक कार्यक्रम गर्नु आफ्नो दायित्व भएको वताउनु भएको थियो ।
कार्यक्रममा वोल्दै निमित्त प्रअ कालाथोकीले विद्यालयमा रचनात्मक कार्य गरेको प्रति धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा अखिल क्रान्तिकारी दाङका जिल्ला भेला आयोजक समिती सदस्य अर्जुन विश्वकर्माले मन्तव्य राख्नू भएको थियो भने कार्यक्रमको सहजिकरण ईकाई सचिव वेदना सुनारले गर्नु भएको थियो ।