इन्द्रेणी संवाददाता
काठमाडौं, १७ माघ । आफूहरुलाई वरिष्ठ डाक्टर भन्दै विभिन्न अस्पतालमा विरामी जाँचे गर्दै आएका १७ जना विदेशी डाक्टरलाई प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीले एपोलो इन्टरनेश्नल पोली क्लिनिककी सञ्चालक मिना कुमारी श्रेष्ठसहित ८ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । यस्तै सिवाइडब्लुइसी अस्पताल लैनचौरका सञ्चालक प्रतिभा पाण्डेसहित एकजना अष्ट्रेलियन नागरिक, चाइना ग्रेटवाल हेल्थ सेन्टर बौद्धका सञ्चालक नारायण तिमिल्सिनासहित २ जना चिनियाँ नागरिक रहेकाछन् ।
त्यस्तै चाइना पिपुल्स हस्पिटल बौद्धबाट २ जना चिनियाँ नागरिक र चाइना डेन्टल हस्पिटल बौद्धबाट १ जनालाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले नक्कली डाक्टरको आरोपमा विभिन्न समयमा पक्राउ गरेको थियो ।