इन्द्रेणी संवाददाता
काठमाडौं, १७ माघ । काठमाडौंको कलंकीस्थित सगुन होटलमा जुवा खेलिरहेका जुवाडेलाई धम्क्याएर पैसा लुटेपछि प्रहरीका सई र जवान कारबाहीमा परेका छन्। जुवाडेलाई नियन्त्रणमा लिनुको साटो उल्टै मोबाइल खोज्दै कालिमाटी वृत्तमा पुगेपछि घटनाको पोल खुलेको हो।
कालिमाटी वृत्तले अनुसन्धानका क्रममा मल्ल र बुढाको संलग्नता खुलेपछि उनीहरुलाई कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकुमा बुझाएको थियो।
प्रहरीले मल्लको साथबाट एक लाख ३५ हजार रुपैयाँ, बुढाको साथबाट १२ हजार रुपैयाँ र लुटिएको मोबाइल बरामद गरेको छ। परिसर टेकुले बुढालाई निलम्बन गरेको छ भने सई मल्ललाई निलम्बनको लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा पत्र पठाएको छ।