इन्द्रेणी संवाददाता
काठमाडौं, १७ माघ । आज बुधबार खग्रास चन्द्रग्रहण लाग्दैछन् । बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउनुअघि नै ग्रहण सुरु हुने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
ग्रहण सुरु हुनु पहिले नै सूतक बार्नुपर्ने भएकाले बिहान ८ बजेर ५५ मिनेटदेखि अन्न नखानु राम्रो हुने बताइन्छ । त्यस्तै ग्रहण लागेको बेला त्यसको विकिरणले स्वास्थ्यमा असर गर्ने भएकाले नांगो आँखाले नहेर्न र सावधानी अपनाउन वैज्ञानिकहरुले पनि आग्रह गरेका छन् ।