इन्द्रेणी संवाददाता
काठमाडौं, १६ माघ । नेकपा एमालेको आज मंगलवार वसेको स्थायी कमिटीको बैठकमा चर्काचर्की परेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अब पनि विद्या भण्डारीलाई नै राष्ट्रिपति पदमा निरन्तरता दिने प्रस्ताव अघि सारेपछि नेताहरुबीच चर्काचर्की भएको हो ।
आफूलाई राष्ट्रपतिको दाबेदारको रुपमा आफूलाई प्रस्तुत गर्दै आएका पार्टीका पूर्वअध्यक्ष खनालले बैठकमा ओलीको प्रस्ताव गर्न नपाउँदै उनले त्यसको विरोध गर्दै निर्णय नगर्दासम्म सशक्त प्रतिवाद गर्ने सम्मको संकेत देखाएको ती सदस्यले बताए ।
तर ओलीको सो प्रस्तावबारे अर्का बरिष्ठ नेता माधव कुमार नेपाल भने मौन देखिए । बैठकमा नयाँ सरकार बनाउने विषयमा पनि छलफल भएको थियो ।