काठमाडौं,८ असार अफगानिस्तानको राजधानी काबुलबाट १२ नेपालीको शब लिएर नेपाल वायुसेवा निगमको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका छ। बुधबार दिउँसो २ बजेर ४० मिनेटमा जहाज विमानस्थलमा अवतरण गरेको हो । बिमानमा मृतक र त्यहाँ कार्यरत २४ जनालाई नेपालीलाई ल्याइएको छ भने घाइतेहरुलाई भने अर्को विमानमार्फत दिल्ली पठाइएको छ ।