शान्त कुमार बुढा मगर
दाङ, ८ असार । मंगलवार आएको अविरल बर्षाका कारण आएको वाढिले राजपुर गाविस , ९ भौवानाकामा ठुलो क्षती पुर्याएको छ । वाढिका कारण खेत वारी तथा ततवन्धन भत्काएको छ । अविरल बर्षा आए पछि आएको वाढिले भौवानाका निवासी प्रेम लाल बुढा, प्रजित पुन, कर्मजित पुनको करिब डेढ विघा मकै सहितको वारी बगाएको छ भने सोहि निवासी श्याम बहादुर झन्क्रीको वाढी रोक्न बनाएको विभिन्न चरण गरि करिब ३ लाख वरावरको ततवन्धन बगाएको छ ।