काठमाडौँ, १२ माघ १२ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि देश आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढेको बताएका छन् ।
उनले तराई– मधेशको माग सम्बोधन गर्दै आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्न वाम गठबन्धन तयार रहेको बताए । शान्तिपूर्ण रुपमा तराई–मधेशको मागलाई संविधानको दायराबाटै पूरा गर्न सकिने उल्लेख गर्दै अध्यक्ष दाहालले भने “मधेशलाई विकास र समृद्धि चाहिएको छ, वामपन्थी सरकारले त्यसमा जोड दिनेछ ।”
पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका नेता प्रभु साहले मधेशमा विद्यमान विभेद्को सम्बोधन विकास र समृद्धिबाट सम्भव हुने बताए ।
सो अवसरमा नवप्रवेशी साहले माओवादी पार्टी नै मधेशी जनताको अधिकारको पक्षमा लड्ने भएकाले आफूहरुले पार्टी प्रवेश गरेको र निरन्तर क्रियाशील हुने बताए ।