Indrenionline.com

एक किलो लसुनको मूल्य ४२० रुपैयाँ

इन्द्रेणी संवाददाता
सोलुखुम्बु, ११ माघ । हिमाली जिल्ला सोलुखुम्बुमा लसुन किन्नु सुन किन्नुजस्तै भएको छ । यहाँ उत्पादन हुने सिजनमा सरदर प्रतिकिलो एक सयमा पाइने लसुनको मूल्य अहिले प्रतिकिलो चार सय रुपैयाँ पुगेको छ ।

अन्य समय सामान्य रहेको लसुनको मूल्य अहिले एक्कासि बढेको स्थानीयहरू बताउँछन् । सोताङ बजारका व्यवसायी फैलीराम राईका अनुसार शुक्रबार हाटमा प्रतिकिलो चार सय रुपियाँमा कारोबार हुँदा शनिबार बुङ बजारमा ४२० रुपियाँ पुगेको छविमाया राईले बताए ।
लसुनको सिजन सकिएकाले स्थानीय लसुनको माग बढेको स्थानीयहरू बताउँछन् । माग बढेसँगैे मूल्य पनि बढेको सोताङका निशा राईले बताए ।

एक महिनायता प्रतिकिलो चार सय रुपियाँमा बीउ लसुनको कारोबार भइरहेको कृषकहरू बताउँछन् । मूल्य बढे पनि माग धान्न मुस्किल रहेकोले लसुन आउन थालेको स्थानीय व्यापारीहरू बताउँछन् । बजारमा माग गर्नेको सङ्ख्या बढेको भए पनि उत्पादन गर्ने कृषकको सङ्ख्या थोरै भएकोले पनि मूल्य बढेको भएको हो ।