महोत्तरी, ९ माघ । मोहतरीको रामगोपालपुर नगरपालिका–८ थलीबिर्तामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । यो दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् ।
धनुषाको जनकपुर धामबाट रामगोपाल फर्कँदै गरेको द्रुत गतिमार रहेको ज १ च ३५१६ नम्बरको ट्याक्टर बाक्लो हुस्सुका कारण सोमबार राति सवा ९ बजे बर्दिबास–औरही–जलेश्वर सडकखण्डबाट गहुँबारीमा पल्टिँएको थियो ।