Indrenionline.com

सिंहदरवार गाँउमा पुगेकाे महशुस र प्रदेशलार्इ सम्पन्न बनाउने छाैं : पूर्व मन्त्री शाही

काठमाडौ । पूर्व उर्जामन्त्री तथा ६ नम्वर प्रदेश मुख्यमन्त्रीका दावेदार महेन्द्र बहादुर शाहीले जनताले दिएको जिम्मेवारी पुरा गर्ने बताएका छन् । ‘जनताले भारी बोकाएको छ, त्याे भारीलाई गम्भीर ढंगले ग्रहण गर्दै सिहदरवार गाँउमा अाएकाे महशुस गर्ने गरि काम गर्ने छु’ उनले भने ।

कर्णाली प्रदेशलार्इ राज्यले साैतेनी अामाकाे व्यवहार गरेकाले सिङ्गाे कर्णाली पछाडि परेकाे भन्दै अव राज्यलाइ दाेष दिएर पछि परेकाे हाे भनेर हुनेवाला छैन भने । जनताले अव अरूलाइ दाेषाराेपण गरेर मान्नेवाला छैन भन्दै शाहीले जनप्रतिनिधिले नेपालको सुन्दरतालाई मात्र बचाउने हो भने पनि विकासका ढोका खाेल्न सहज हुने बताए ।

हराएकाे सपना नाटक श्रृङ्खला परिवारले भक्तपुरकाे रफत संचार क्लवमा अायाेजना गरेकाे कार्यक्रममा शाहीले साे कुरा बताएका हुन । उनले हराएको सपना नाटक श्रृङ्खलाले पश्चिम नेपालमा कलंककै रूपमा रहेको छाउपडी, छुवाछुत जस्ता मानवकलंकका प्रथा उनमुलन र विकृतीरहित समाज निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने भन्दै नाटकलार्इ निरन्तरता दिन अाग्रह गरे ।

मध्य तथा सुदूरपश्चिम नेपालका विकट पहाडी जिल्ला जुम्ला, हुम्ला, कालिकोट, दैलेख, डोल्पा, बझाङ, अछाम र बाजुरालगायतका दुई दर्जनभन्दा बढी जिल्लामा यो प्रथा कायमै रहेकाे छ र यसले महिलाहरूमा पटक-पटक अप्रीय घटना पनि घट्न थालेकाे छ । सरकारले कानुन वनाए पनि अझै कार्यान्वयन हुन नसकेकाे यस विषयमा अाफु अत्यन्तै चिन्तित बनेकाे भन्दै हराएकाे सपना परिवारले अभियानकै रूपमा थालेेकाे कार्यलार्इ सहयाेग गर्ने र मानव कलंककै रूपमा रहेकाे छुवाछुत प्रथा अन्त्यका गर्ने वचन वद्वता व्यक्त गरे ।

रफत संचार क्लबको सभा कक्षमा हराएको सपना नाटक सृङलाका अध्यक्ष लोकेन्द्र विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुुख अतिथी समेत रहेका शाहीले भने, ‘हाम्रा सपना अनेक हुन्छन् कोही सपना साकार पार्न भौतारिएर हिड्छन त कोही सपना देख्दै बस्छन । त्यस्तै हाम्रो देशले पनि ठुला ठुला सपना देख्ने तर पुरा गर्ने तिर नलाग्दा सपना सपनामै सिमित रहे र मुर्त रुप पनि नपाउने गरेका छन् ।’

शाहीले अब ती हराईसकेका सपनालाई नाटक श्रृङखलाले पुनरउत्थान गर्ने र सपनालाइ साकार पार्न जुरमुराउने हौशला प्रदान गर्ने बताए । पुरानो सस्कार र परमपरा परिवर्तन भएन भने समाज रुपान्त्रणमा वाधा पुग्ने भन्दै भौतिकवादी तरिकाले समाज बनाउन लाग्नु पर्ने बताए ।

मुलुक बनाउन हामी सबैले जिम्मेवारी बोध गर्न जरुरी छ भन्दै मानव सभ्यतामा आफु उदाहरणीय कसरी बन्ने भन्ने कुरामा केन्द्रीत हुनु पर्ने तर्क राखे । व्यक्तिगत फाईदाका लागि भन्दा पनि समाजिक स्वार्थलाई कसरी बढाउन सकिन्छ त्यतातिर ध्यान दिन आग्रह गर्दै शाहीले जनताको व्यवस्था परिवर्तन गर्न हामीले निकै ठूलो संघर्ष गरेर मुलुक आज संघियतामा गएकाे जिकिर गरे ।

नयाँ जोस जाँगर र उमंगकासाथ अब युवा पीढी देश विकास गर्न लागे मात्र सार्थक्ता हुने भन्दै कुरुतीमा रहेको समाजलाई न्यायिक रुपमा यो हराएको सपना नाटकले माइल स्टोनको काम गर्ने र कुना कन्दराका जनतामा छाउपडी, देउकी, छुवाछुत कुसस्कारलाई निरुत्साहीत गर्न चेतना र जागरणको कोशेढुंगा सावित हुने बताए ।

अब देशलाई गति दिन र विकासका बाटाहरु प्रसस्त खोल्न उनले चेतना र सोच परिवर्तन गर्नु पर्ने बताए । समाजमा अरुलाई दोष दिनु भन्दा पनि पहिले आफ्नो सोच परिवर्तन गर्न जरुरी रहेको र आफ्नो जिम्मेवारी पुरा गर्ने सोच भएपछि मात्र देश परिवर्तन हुने उनकाे भनाइ छ ।

कार्यक्रमका विशिष्ट अतिथि सांसद धर्मराज रेग्मीले चुनौतिका वावजुत पनि छ नम्वर प्रदेशलाई सम्पन्न बनाउन लाग्नु पर्ने भन्दै रेग्मीले स्थीर सरकार बनाएर कानुनले नै प्रदान गरेका हक अधिकार कार्यान्वय तर्फ लाग्ने बताए । मुलुक बनाउने सपना बोकेर नाटकको माध्यमबाट हराएको सपनाले पछाडि परेको समुदाय माथि आउने विश्वास व्यक्त गरे ।

कानुनमा दख्खल राख्ने रेग्मीले कानुनिरुपमै कु प्रथा कुरुतीको अन्त्य हुने वताए । नाटकको सफल्ताको सुभकामना दिदै उनले संघिय संरचनाको सरकारले जनताले महशुस गर्ने गरि विकासका ढोका खोल्ने बताए । ‘आन्दोलनले परिवर्तन नभएको होइन । तर देखिने गरि परिवर्तन भएको थिएन’ उनले भने । अव बन्ने स्थीर सरकारले पाँच वर्षमै जनताले परिवर्तनको महशुस गर्ने उनकाे दावि छ ।

कार्यक्रममा बाेल्दै रफत संचार क्लवका अध्यक्ष शुसील वन्दु थापाले सपना हराएपनि मान्छेको कर्म मिहेनत र परिश्रम नहराउने बताए । उनले हराएको नाटक श्रृङखला युनिटले चालेको कदम सराह्रनिय भएको भन्दै यसले समाज र देशको हितमा निरन्तर अघाडी बढोस भन्ने सुभकामना व्यक्त गरे ।

उल्यख्य सहभागिता रहेकाे कार्यक्रममा सहभागिका तर्फबाट अर्जुन सिजापति, राधिका सुनार, कमल कठायत, रामसरा सुनार, निरू कुमारी विक, रामसरा विकलगाएतले नाटकले दुर दराजका जनतामा अहिले सम्म पनि रहेको कुुसस्कार कुरितिलाई चिरेर निरुत्साहित गर्दै चेतना छर्ने र कलंककाे पर्दाफास गरेर कुसस्कार कुरूतीकाे अन्त्य हुने प्रतिक्रिया दिए ।

दिनेश विककाे स्वागत मन्तव्यवाट शुरू भएकाे वधाइ कार्यक्रममा नाटकका डाइरेक्टर र्इश्वर प्रकास दाहाल, इडिटिङ चिफ विमल विकले पश्चिम नेपालकाे कलंकित सस्कृतिमाथि व्यङ्ग्य प्रहार गर्ने र समाजमा जागरण ल्याउने उदेश्यकासाथ नाटक अाएकाे बताए । अंजिर विककाे संचालनमा भएकाे कार्यक्रममा नाटक परिवारले निरन्तर विकृति, विसंगति, भ्रष्ट्राचार र कुरूतीका विरूद्व प्रहार गरेर समाजमा जागरण ल्याउने संकल्प गरेका थिए ।