बाँके, ८ माघ । नेपालगञ्जमा अत्याधुनिक प्रविधियुक्त अक्सिजन ग्यास प्लान्ट संचालनमा आएको छ । नेपालकै सबैभन्दा ठूलो यो प्लान्टबाट दैनिक ४७ लिटर क्षमताको एक हजार सिलिण्डर अक्सिजन ग्यास उत्पादन हुने बताईएको छ । त्यस्तै दैनिक १२ सय लिटर लिक्विड नाईट्रोजन र अक्सिजन उत्पादन क्षमता रहेको यो प्लान्टबाट जिरो एयर ग्यास पनि उत्पादन हुन्छ ।
बाँकेका युवा व्यवसायीहरु सम्मिलित हरि ओम ग्रुपको लगानी रहेको एच.ओ. अक्सिजन इन्ड्रष्ट्रिज नेपालमै सबैभन्दा धेरै उत्पादन क्षमता भएको प्लान्ट हो । खासगरी पश्चिम नेपालमा अक्सिजन र नाईट्रोजन ग्यास सिलिन्डरको बजारलाई पूर्णतया आत्मनिर्भर बनाउने आफूहरुको सोंच रहेको हरि ओम ग्रुपका सदस्य तुषार साहले बताए ।