इन्द्रेणी संवाददाता
दाङ, ८ माघ । सल्यान त्रिवेणीस्थित भाटाखालामा भएको वस दुर्घटनामा परी मृत्यु भएकामध्ये तीन जनाको सनाखत भएको छ ।
रुकुमबाट दाङ जादै गरेको ना ५ ख ५३१ नम्बरको यात्रु बस सल्यानको त्रिवेणी गाउँपालिका ६, भाटखोलामा आज दिउसो २ बजेतिर दुर्घटना भएको थियो । वस सडकबाट डेढ सय मिटर तल खसेको छ ।