काठमाडौं, ७ माघ। पार्टी एकता संयोजन समितिको बैठकका एजेण्डा तय गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भएको छ।
दुई नेताबीच भएको छलफलमा बैठकका एजेण्डाबारे छलफल भएको र सोमबार दिउँसो पार्टी एकता संयोजन समितिको बैठक बस्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीलाई जानकारी दिए ।
भेटवार्तामा कार्यदलको बैठकमा दुई पार्टीको साझा अवधारणा बनाएर जाने र साझा दस्तावेज तयार पारेर जानेबारेमा छलफल भएको बताइएको छ । छलफलमा पार्टी एकतालाई अन्तिम रुप दिनेबारेमा समेत छलफल भएको बताइएको छ ।