Indrenionline.com

शंकर पोख्रेललाई मुख्यमन्त्रीको बाटो खुल्यो

इन्द्रेणी संवाददाता
दाङ, ७ माघ । प्रदेश सभाको निर्वाचनमै आफूलाई प्रदेश नम्बर पाँचको मुख्यमन्त्रीको रुपमा दावी गर्दै आएका शंकर पोख्रेललाई मुख्यमन्त्री बन्ने बाटो खुल्ला भएको छ ।

आज बुटवलमा सम्पन्न प्रदेश सभा सांसदको शपथ ग्रहण गरे लगत्तै उनी नेकपा एमाले संसदीय दलको नेता पनि चयन भएका छन् । यसरी अवसरमा अवसर प्राप्त गरेका नेता पोख्रेल अब मुख्यमन्त्री बन्नका लागि वाम गठबन्धनको मात्रै प्रदेश–५ मा एमाले–माओवादी केन्द्रको बहुमत पुग्ने देखिन्छ ।

प्रदेश सभाको निर्वाचन लड्नु अघि नै मुख्यमन्त्री बनाउनेमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति भइसकेको छ । नेपालको संविधान २०७२ को धारा १६८ (९२०) अनुसार प्रदेश सभाका दुई वा दुई भन्दाबढी दलहरुको समर्थनमा बहुमत प्राप्त भए मुख्यमन्त्री चयन हुने व्यवस्था छ ।