काठमाडौं, ७ माघ। निर्वाचन आयोगमा अहिलेसम्म १ सय ७ राजनीतिक दलले आयव्यय विवरण बुझाएका छन् ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७४, दफा ४२ मा दलले लेखा परीक्षण गराई आव शुरु भएको छ महीनाभित्र आयोगमा आयव्यय विवरण बुझाउनुपर्ने उल्लेख छ । आयोगमा १ सय ३७ दल दर्ता भए पनि पार्टी एकीकरण हुँदा अहिले त्यो सङ्ख्या १ सय २५ पुगेको छ । तिमिल्सिनाले माघभित्र आयव्यय विवरण बुझाउने समयसीमा रहेको र तोकिएको समयमा आयव्यय विवरण नबुझाउने दललाई रू। १० हजार जरिवाना गरिने जानकारी दिए । रासस