इन्द्रेणी संवाददाता
काठमाडौं, ७ माघ । पार्टी एकता संयोजन समितिको बैठक वस्नु अघि नेकपा एमाले र माओवादी केन्द्र पार्टीका आन्तरिक बैठक वसिरहेका छन् ।
पेरिसडाँडामा विहान साँढे आठ बजेदेखि सुरु भएको माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अलावा बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी छन्। संयोजन समितिको बैठकले राष्ट्रिय सभाको सिट बाँडफाँटलाई समेत टुङ्ग्याउने भएकाले सातै प्रदेशका पार्टी इञ्चार्ज समेत सहभागी छन्।
पार्टी एकता संयोजन समितिको बैठकमा आज धेरै कुरामा सहमति जुट्ने सम्भावना भएकाले प्रमुख नेताहरु र प्रदेश इञ्चार्जहरुलाई पार्टी कार्यालयमा नै खानाको व्यवस्था गर्ने गरी प्रचण्डले बैठक डाकेका हुन्। विहान ८ बजेदेखि जारी बैठक अझै लम्बिने सम्भावना छ। संयोजन समितिको बैठक बालकोटस्थित ओली निवासमा अपरान्ह ३ बजे बस्दैछ।