बामदेव देवकोटा
त्रिपुर,६ अषाढ । यो आर्थीक बर्षको समाप्तीको संघारमै लाग्दा यति बेला सबै सरकारी कार्यालयमा कामको चाँप बढेको देख्न सकिन्छ । विशेष गरेर स्थानीय सरकारको रुपमा रहेका नगरपालीका र गाबिसमा यतिबेला सेवा ग्राहिको चाप सुरु भएको छ । बिभिन्न कामका लागी सेवाग्राहिहरु स्थानिय निकाय सम्म पुग्ने गर्दछन । बिशेष गरेर अहिले यो आर्थीक वर्षको अन्तीम महिना भएर पनि बिशेष गरेर विभिन्न योजनाको फरफारकका लागी पनि सेवाग्राहिको चाप बढेको छ ।
उहाँले कार्यालय बाट सेवा प्रदान गर्ने समय बिहान १० देखि ५ बजे सम्मन भए पनि सेवा ग्राहिको सहजताको लागी नगरबालीकाका सबै कर्मचारीको सरसल्लाहबाट थप दूई घण्टा सेवा दिने निर्णय भएकाले सोहि अनुसार कार्यालय समय थप गरेको बताउनु भयो । थापाले सेवा ग्राहीलाई बिहान ९ बजे देखि नै सेवा लिन आउन समेत आग्र्रह गर्नुभएको छ ।
असारको महिना भएकाले विकास निर्माणका काम बढि हुने र जनताको अन्य काम प्रभावित हुने भएकाले पनि विकास निर्माण बाहेकका अन्य काममा पनि सहज होस् भन्ने उद्धेश्यले सेवालाई नगरपालीकाको सेवालाई थप २ घण्टा बनाईएको नगरपालीका स्रोतले बतायको छ । बिहान ९ बजे देखि साँझ ६ बजे सम्मको सेवा अर्को निर्णय नभएसम्म जारि रहने बताईएको छ । वडा कार्यालयमा भने थप समय लागु नहुने लेखापाल तारा भट्राईले जानकारि दिनुभयो । सेवा थप भएसंगै नगरपालीकाले दिने सेवा थप प्रभावकारि र छीटो छरितो हुने अपेक्षा गरिएको छ ।