Indrenionline.com

एकीकृत पार्टीको कार्यदिशामा ओली-प्रचण्ड सहमत

काठमाडौं, ७ माघ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच एकीकृत पार्टीको कार्यदिशामा समझदारी जुटेको छ। दुवै पार्टीले अंगीकार गर्दै आएको सिद्धान्त र भूमिकालाई स्विकार्दै शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धात्मक बाटोबाट सामाजिक न्याय, समानतासहितको समाजवादलाई कार्यदिशा बनाउन ओली-दाहाल सहमत भएका हुन्। तर, त्यसको संश्लेषण गर्न भने कार्यदल बनाइने भएको छ।

सोही समझदारीका आधारमा आइतबार दिउँसो बस्ने एकता संयोजन समितिको बैठकले वैचारिक(राजनीतिक पक्षको ‘डकुमेन्टेसनु का लागि कार्यदल बनाउनेछ। एमाले अध्यक्ष ओली उपचारका लागि बैंकक जानुअघि नै वैचारिक र संगठनात्मक मोडालिटी तयार पार्न कार्यदल गठन गर्ने तयारी थियो। तर, एकीकृत पार्टीको कार्यदिशा दुई अध्यक्षले तय गर्ने र त्यसलाई दस्ताबेजीकरण गर्नका लागि मात्र कार्यदललाई जिम्मा दिने समझदारीका आधारमा शुक्रबार र शनिबार ओली-दाहाल छलफलमा जुटेका हुन्।

कार्यदिशामा सहमति जुटेको खुलासा माओवादी अध्यक्ष दाहालले शनिबार नै पार्टीनिकट जनसांस्कृतिक महासंघको कार्यक्रममा गरेका थिए। ‘हामीले माओवाद छाडेका छैनौं, उहाँहरू ९एमाले० ले पनि जनताको बहुदलीय जनवाद छाड्नुभएको छैन, नेपालको राजनीतिक क्रान्तिमा माओवादको भूमिका छ भन्ने कुरामा एमालेका नेताहरू पनि सहमत हुनुहुन्छ, हामी पनि बहुदलीय राजनीतिक प्रतिस्पर्धामा आएका छौं। अबको वैचारिक राजनीतिक संश्लेषण कसरी गर्ने रु भन्नेमा हामी छलफलमा छौं,ु दाहालले भने, ‘जनयुद्धको भूमिका र इतिहासमा यसको योगदानबारे एमाले र हामीबीच कुनै विवाद छैन। एकले(अर्काको पूर्ण सम्मान गरेर र परिस्थिति सुहाउँदो वैचारिक कार्यदिशा बनाएर अगाडि बढ्दै छौं।ु

दाहालका अनुसार एकीकृत पार्टीको राजनीतिक कार्यदिशा अब यही मूल स्पिरिटका आधारमा संश्लेषण हुनेछ। दाहालले भने, ‘अहिले एमाले र माओवादी अलग पार्टी हुनुपर्ने कारण नै म देख्दिनँ। हामीले पनि ८(१० वर्ष शान्तिपूर्ण रूपमै समाजवादको तयारी गर्ने भनेका छौं, उहाँहरू एमालेले पनि त्यही भन्नुभएको छ। समान राजनीतिक कार्यदिशा भएपछि अलग(अलग पार्टीको अस्तित्व राख्नु उचित हुँदैन। अन्नपूर्ण पोष्टबाट