Indrenionline.com

यसवर्ष पनि बाँटे जयसवालले ९० साधुलाई न्यानो कपडा

माधव बेल्वासे
कपिलवस्तु, ६ माघ । कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटा निवासी श्रीमती सानेमती जयसवालको परिवारले हरेक बर्षजस्तै यसबर्ष पनि यस क्षेत्रका साधुसन्तहरुलाई कम्बल वितरण गरेको छ ।

श्रीमान स्वर्गिय राजाराम जयसवालको पुण्य तिथी पारेर जयसवाल परिवारले ९० वटा कम्बल साधुसन्ततहरुलाई कर्णेश्वर मन्दिरमा वितरण गरेको छ । बढ्दो चिसोमा साधुसन्तलाई कम्बल बाढेपछि पुण्य प्राप्ती संगै बुबाको आत्माले समेत शान्ति पाउने भन्दै कम्बल वितरण गरिएको स्व. राजाराम जयसवालका छोरा विजय जयसवालले बताए ।

हरेक बर्ष बुबाको बार्षिक पुण्य तिथिमा कर्णेश्वरी मन्दिरमा बुबाको नामबाट नै साधुसन्तहरुलाई कम्बल वितरण गर्दै आएका छौं । चिसो मौषममा कम्बल पाएका सन्तहरुको अर्शिवाद पनि लाग्ने हुनाले कम्बल वितरण गरेको छोरासुरेश जयवालले बताए । स्व. जयसवालका सुभाष,सुरेन्द्र,विजय,सुरेश र महेश गरि पाँच छोरा रहेका छन ।

साधुसन्त हाम्रो देशको पहिचान हुन जयसवाल परिवारले हरेक बर्ष यसरी साधुसन्तलाई कम्बल वितरण गरि पुण्य प्राप्ती गर्दै आएको छ । यस्तो पुनित कार्यमा आफुलाई पनि सहभागि भई पुण्य प्राप्त गर्ने अवसर जुटेको कपिलवस्तु क्षेत्र नं. ३ प्रतिनिधी सभा सदस्य अभिशेष प्रताप शाहले कम्बल वितरण कार्यक्रममा बताए ।

कार्यक्रममा इलाका प्रशासन कार्यालयका कार्यालय प्रमुख जगदीश अर्यालले साधुसन्त हाम्रो धर्म र संस्कृतीका संवाहक भएकोले धर्मका नाम गरिने अनेक तडकभडक भन्दा यस्ता साधुसन्तको सम्मान सहित उनीहरुलाई कम्बल वितरण गर्नु पुनित र सराहनिय कार्य भएको बताए । कर्णेश्वरी मन्दिरमा जम्मा भएका ९० जना साधुसाधवीहरुलाई प्रति व्यक्ति १ कम्बल वितरण गरिएको हो ।