माधव बेल्वासे
कपिलवस्तु(चन्द्रौटा), ६ माघ । कपिलवस्तुको विजयनगर गाउपालिकाले आ.व. २०७४।७५ को वार्षिक बजेट निति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।शुक्रवार खुरुहुरीयामा आयोजितक एक कार्यक्रममा सार्वजनिक गरिएको छ ।
वजेट विनियोजन गर्दा सडक,सिचाई,स्थानिय पुर्वधार, शिक्षा, स्वास्थ्य, खानेपानी,वातावरण संरक्षण,कृषि तथा उद्योगहरुलाई प्राथमिकताका ािथ हेरीएको थापाले जिकिर गरे ।सवै क्षेत्रमा आत्मनिर्भर हुदै शीघ्र गरिवी निवारण गर्न मानव शसाधनका विकाश गर्ने र समग्र अर्थतन्त्रलाई समृद्धि र दिगो आर्थिक सामाजिक विकाश लैजाने कार्य चुनैचिपुर्ण रहेको समेत थापाले वताए ।
कार्यक्रममा कपिलवस्तु क्षेत्र न ३ का सांसद अभिषेक प्रताप शाहले कपिलवस्तुको दक्षिणि क्षेत्रको विकाशले गति वढाउने वताए । मधेशी समुदायको वाहुल्यता रहेको ठाउमा लगानी कम हुने भएकाले विकाश कम भएको वताए ।अहिले सम्म सविद्यान निमार्ण र कार्यन्वयनमा रहेको र अव आर्थिक विकाश तर्फ लागेकोमा जोड दिए ।कपिलवस्तुको विजयनगरले एक एतिहासिक योजनाहरु ल्याएको भन्दै प्रशसा गरे । सांसद शाहले निति तथा कार्यक्रमहरु लाई व्यभारमा लागु गर्न गाउपालिकालाई आग्रह गरे । विगतमा निति तथा कार्यक्रमहरु जनता सामु नपुग्दा विकाश नभएकोले अहिल स्थानिय सरकारले त्यसमा विशेष ध्यान दिनुपर्ने वताए ।सासंद शाहले फरक प्रशङगमा वोल्दै वाम सरकार हुने हल्ला भएतापनि त्यो धेरैदिन नटिक्ने वताए
त्यस्तै प्रदेश सदस्य अर्जुन केसीले कपिलवस्तुमा विकाशका योजना हरु ल्याउने आफुले सक्दो प्रयास गर्ने वताए । एक एतिहासी पर्यटकीय स्थल रहेको कपिलवस्तुमा नैमुरे आयोजना र तिलौराकोट को विशेष योजनाहरु ल्याउने प्रयासमा आफु लाग्ने जनाए ।
त्यस्तै कार्यक्रममा वोल्ने पुर्वराज्य मन्त्रि इश्वर दयाल मिश्र,नेपाली काग्रेसका प्रतिनिधि अमर पौडेल,एमालेका कृष्ण प्रसाद भण्डारी, नेकपा माओवादी केन्द्रका दिनेश चापागाई नेपाल पत्रकार महासंघ कपिलवस्तु जिल्ला सचिव हरी अधिकारी,शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी लगाएतले योजनाहरु कार्यन्व्यन हुनुपर्नेमा जोड दिएका थिए ।