दाङ ६ माघ । सरकारले गरेको प्रदेश राजधानी तोक्ने निर्णय बिरुद्ध प्रदेश नम्बर ५ को उच्च अदालतका कानुन ब्यबसायीहरु सर्बोच्च अदालतमा जाने भएका छन् ।
प्रदेशको राजधानी उच्च अदालत स्थापना भएकै स्थानमा तोक्नुपर्ने कानुनी ब्यबस्था हुदा हुदै अन्यत्र घोषणा गरेको बिरुद्धमा सर्बोच्चमा रिट दायर गर्ने निर्णय गरिएको बारका अध्यक्ष बिजय पौड्लले जानकारी दिनुभयो ।
कानुन ब्यबसायी बिष्णुमणी देबकोटाले सर्बोच्चमा सरकारका बिरुद्ध रिट दायर गर्ने र सडक संर्घषमा समेत कानुन ब्यबसायी सहभागि हुने बताउनुभयो ।
