Indrenionline.com

सशक्त बन्दै दाङमा आन्दोलन, भोली लमहीमा बृहत आमसभा

केशरमान बुढाथोकी
दाङ ५ माघ । देउवा नेतृत्वको सरकारले ५ नम्बर प्रदेशको राजधानी रुपन्देही जिल्लामा तोकेपछि दाङमा चर्केको आन्दोलन झनै सशक्त बनेको छ । ५ नम्बर प्रदेशका आम नागरिकहरुलाई अपायक पर्ने स्थानमा राजधानी तोकेको भन्दै सरकारको कडा बिरोध गर्दै चर्केको आन्दोलन थप थप सशक्त भएको संयुक्त संघर्ष समितिका सचिव तथा माओवादी केन्द्र दाङका सह – इन्चार्ज निर्मल आचार्यले जनाएकाछन ।

आन्दोलनको चौथो दिन आज आन्दोलनकारीले जिल्लाका सम्पूर्ण सरकारी कार्यालय घेराउ गरि सरकारी कार्यालय अगाडी कोण सभा समेत गरेका थिए । कोणसभा लगतै संघर्ष समितीको आकस्मिक बैठक बसी भोली दाङको लमहीमा बृहत बिरोध सभा गर्ने र राजमार्ग केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको समितीका सचिव निर्मल आचार्यले बताए । नेता आचार्यका अनुसार भोली राजमार्गमा हुने बृहत सभा पश्चात थप आन्दोलनका कार्यक्रम सार्बजनिक हुने छ ।