इन्द्रेणी संवाददाता
धनकुटा, ४ माघ । सरकारले धनकुटालाई प्रदेश नम्बर १ को राजधानी नतोकपछि प्रदेश राजधानीको माग गर्दै घोषणा गरिएको आन्दोलनले उग्ररुप लिएको छ । आन्दोलनकारीले विभिन्न सरकारी कार्यालयमा तोठफेड गर्नुका साथै प्रहरीको गाडीमा समेत आगजनी गरेका छन् ।
यसरी आन्दोलका कारण स्थिति तनावपूर्ण भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कफ्यू लगाएको छ । प्रहरीको लाठिचार्जबाट नेपाली काग्रेस धनकटाका कोषाध्यक्ष दिनेश राइ घाइते भएका छन् । क्षेत्रीय प्रशासन कार्यालयसहित आधा दर्जन भन्दा वढी सरकारी कार्यालयमा तोडफोड भएका छन् ।