ईश्वर थापा
धनकुटा, ३ माघ । धनकुटामा सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडप भएको छ । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीवीच झडप हुँदा दुई जना घाइते भएका छन् ।
प्रहरीले सुरक्षाका लागि बोकेको ढाल प्रदर्शनकारीले फुटाएर फालेका छन्। आक्रामक रुपमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले प्रहरीको सुरक्षा घेरा तोड्दै गोटबाट भित्र पसेका थिए। मुल गेटमा दर्जनौंको संख्यामा रहेका सुरक्षाकर्मीको घेरा तोडेर प्रदर्शनकारी कार्यालय हाताभित्र प्रवेश गर्दा स्थिति तनाबग्रस्त बनेको हो।