इन्द्रेणी संवाददाता
रुकुम १ माघ । यहाँको गाउँगाउँमा सिस्नु हानाहान गरि माघी पर्व मनाउन शुरु भएको छ । जिल्लाको सिस्ने गाउँपालिका , जंग गाउँपालिकामा सिस्नु हानाहान गरी माघी पर्व मनाइन्छ ।
मामा छोरीलाई फूपूका छोराले सिस्नु हान्ने, साली, भिना, सोल्टी, सोल्टिनाबीच सिस्नु हानाहान गरेर मनाउने गरिन्छ । सिस्नु हानाहान गर्नका लागि अन्य जिल्लाका स्थानीयवासी यहाँ आउने गर्छन् । आजको दिन सिस्नुले नहानेमा सुँगुरको जुनी पाइने धार्मिक मान्यता रहेको छ । साथीभाइबीच जिस्किएर सिस्नु हान्ने चलन पनि रहेको छ ।