इन्द्रेणी संवाददाता
संखुवासभा, ३० पुस । संखुवासभाको सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिकाको हटियामा पर्ने दोभानतर्फ गएको जीप दुर्घटना भएको छ । दुर्घटनामा परी मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालसहित ६ जनाको मृत्यु भएको छ ।
फोटो फाइल
भोटखोला खोला गाउँपालिका ३ मा पर्ने सामाटार भन्ने स्थानमा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा आइतबार दिउँसो १२ बजे भएको थियो । मृत्यु हुने अन्य ४ जनाको सनाखत नभएको छ ।
पाथीभरा हेदांनाकाुसुरेश राईको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट कम्तिमा ७० किलोमिटर उत्तरमा पर्छ ।