इन्द्रेणी संवाददाता
काठमाडौं, २९ पुस । अब साउदी अरबमा २५ वर्षभन्दा कम उमेरका महिलाहरु भिजिट भिसामा जाना नपाउने भएका छन् ।
२५ वर्ष भन्दा कम उमेरका महिलाले साउदी घुम्नका लागि कि परिवारको साथमा जानुपर्ने छ कि त कुनै पर्यटन समुहसँग आवद्ध भएर भिसा लिनुपर्ने पनि यसले जनाएको छ । २५ वर्ष माथिका महिलाले एकल प्रवेश भिसा पाएपनि भिसा अवधी भने मात्र एक महिनाको तोकिएको छ ।