Indrenionline.com

तिवारी हत्याका सहयोगी ‘बाबु’लाई नेपाल झिकाइयो

काठमाडौं, २९ पुस । युवा संघ नेपाल रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा सहयोगी भूमिका खेलेको आरोप लागेका बाबु भनिने तुलबहादुर सिंजालीलाई कतारबाट नेपाल ल्याइएको छ ।

नेपाल प्रहरीको इन्टरपोलले कतार प्रहरीसँग समन्वय गरेर सिंजालीलाई शनिबार नेपाल ल्याएको हो । प्रहरी मुख्यालयका अनुसार सिंजालीलाई कतार प्रहरीले एक साताअघि पक्राउ गरेको थियो ।

तिवारी हत्याको जिम्मेवारी लिएका र प्रहरी अनुसन्धानबाट मुख्य योजनाकार भनिएका मनोज पुन भने अझै फरार छन् । तिवारी हत्यामा पुनलाई सहयोग गर्ने सोमबहादुर आले, श्याम गुरुङ, सिंजाली र राजु नाममा सुटर पनि फरार छन् ।

हाल नेपाल ल्याईएका सिंजालीमाथि तिवारी हत्यामा प्रयोग भएको पेस्तोल व्यवस्थापन गरेको र हत्यापछि समेत आफैंले हतियार लिएको आरोप प्रहरीको छ ।