इन्द्रेणी संवाददाता
काठमाडौं, २९ पुस । तराईमा जाडोले कठ्याङिग्रएर दर्जनौंको ज्यान गइरहेको र कयौं मानिसहरु शितलहरले बिरामी भइरहेको अबस्थामा नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग नेपालले (वाइसिएल)ले राहत वितरण गर्ने भएको छ ।
राहत संकलनका लागि वाइसिएलले विभिन्न व्यक्ति र संघसंस्थाहरुलाई आब्हान गरेको छ । राहत संकलनका लागि माघ ३ गतेसम्मको समयसिमा वाइसिएलले तोकेको छ । यो अवधिभित्र सबैले राहत सामाग्री दिएर सहयोग गर्न वाइसिएलले आग्रह गरेको छ । यसअघि वाइसिएलले तराईका बाढी पीडितहरुलाई राहत वितरण समेत गरेको थियो ।