Indrenionline.com

नेपाल आजदेखि चिनिया बाटो हुँदै इन्टरनेटको विश्व सञ्जालमा

काठमाडौं, २८ पुस । नेपाल, आजदेखि चिनियाँ बाटो हुँदै इन्टरनेटको विश्व सञ्जालमा जोडिएको छ । नेपाल र चीनबीच बनेको क्रसबोर्डर अप्टिकल फाइबर लिंकको उदघाटन भएसँगै नेपाल इन्टरनेटको अन्तराष्ट्रिय आवद्धतामा चीनसँग जोडिएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताए ।

सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चिनियाँ राजदूत यु होङले ‘नेपाल टेलिकम र चाइना ग्लोबलबीच क्रसबोर्डर अप्टिकल फाइबर लिंक’ को औपचारिक उदघाटन गरेका हुन् । चीनसँग नेपाल इन्टरनेटमा जोडिएपछि अब इन्टरनेटमा समस्या नआउने बताइएको छ ।