रसुवा, २७ पुस । गोसाइँकुण्ड गाउँपालिकाको धुञ्चे नजिकै बुधबार फेला परेको स्थानीयवासी ४१ वर्षीया ब्लङ्मो तामाङको शव आज परीक्षणपछि आफन्तलाई बुझाइएको छ ।
मंगलबारदेखि हराइरहेकी सोही गाउँपालिका भिमली गाउँकी तामाङको शव धुञ्चे नजिकै ब्राबल भीरमा फेला परेको प्रहरी निरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिनुभयो । रासस
