काठमाडौँ २७ पुस । केही समय अगाडि काठमाडौँको बानेश्वरमा गोली हानिी हत्या गरिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न रहेका थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका तीन जना घटनामा प्रत्यक्ष संलग्न नभए पनि उनीहरुले विभिन्न रुपमका घटनामा संलग्नलाई सहयोग गरेको प्रहरीले जनाएको छ । गौचन हत्या प्रकरणमा प्रहरीले यसअधि नै ७ जनालाई पक्राउ गरिसकेको छ।