Indrenionline.com

प्रचण्ड र मोहनविक्रमबीच भेटवार्ता

ललितपुर, २७ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ने।कपा मसालका महामन्त्री मोहनबिक्रम सिंहबीच भेटवार्ता भएको छ ।

अध्यक्ष प्रचण्डलाई भेट्न महामन्त्री सिंह बिहीबार बिहान ७।३० बजे प्रचण्ड निवास खुमलटार पुगेका हुन् । सो क्रममा बाम गठबन्धनलाई कायमै राखेर अगाडि बढ्नेबारे कुराकानी भएको थियो । भेटमा नेता सिंहले बामपन्थीहरु मिलेर अघि बढ्दा मात्रै मुलूकमा राजनीतिक स्थिरता र विकास सुनिश्चित हुने कुरामा जोड दिए ।

भेटका क्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बामपन्थीहरु मिल्दा राम्रो नतिजा आएको र देशमा सकारात्मक सन्देश गएको बताउँदै राष्ट्रिय सभा निर्वाचनमा पनि एमाले, माओवादी केन्द्र र मसाल बीचको चुनावी तालमेललाई कायमै राखिने बताए ।